२६ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

२१ माघ २०७८, शुक्रबार ०५:४३

माघ २१, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षा मन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नु अघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गर्नुभएको छ ।

"यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासहरूमा समन्वय गर्न सजिलो बनाउँछ। यसले हाम्रा जनता, अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरूबारे हाम्रा देशहरूबीच थप नियमित परामर्श सिर्जना गर्नेछ," ब्लिन्केनले बिहीबार उक्त समारोहमा हस्ताक्षर गर्ने क्रममा सो टिप्पणी गर्नु भएको हो। 

ब्लिन्केनले सम्झौताले स्लोभाकियामा स्थायी अमेरिकी सैन्य अड्डाहरू सिर्जना नगर्ने बताउँनु भएको  छ। अन्तिम कार्यान्वयन हुनु अघि स्लोभाक सरकारले पनि सम्झौता स्वीकृत गर्नुपर्ने उहाँको धारणा छ ।

त्यसैगरी नाडले हस्ताक्षर गर्नु अघि सम्झौताले नेटो सहयोगीहरूको रूपमा ट्रान्स-एट्लान्टिक सुरक्षाको लागि संयुक्त राज्य अमेरिका र स्लोभाकियाको साझा प्रतिबद्धता पनि प्रदर्शन गर्ने बताउँनु भएको छ ।

सोमबार प्रधानमन्त्री एडवार्ड हेगरले स्लोभाकिया र युरोपेलीले माग गरेमा पूर्वी युरोपमा नाटोलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको बताउँनुभएको थियो।

यस सम्झौताले अमेरिकालाई विस्तारको सम्भावना सहित धेरै स्लोभाक सैन्य एयरफिल्डहरू र बेसहरू १० वर्षको लागि निःशुल्क प्रयोग गर्न सक्षम बनाउनेछ र स्लोभाक रक्षा पूर्वाधारको आधुनिकीकरणको लागि  १०० मिलियन युएस डलर उपलब्ध गराउँने बताइको छ ।

स्लोभाकका विपक्षी दलहरूले सम्झौताको विरोध गरेका छन् । स्लोभाक राष्ट्रिय कानूनसँग असङ्गत भएको दाबी गर्दै र देशको संवैधानिक अदालतबाट समीक्षाको आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो