2026-07-25 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ- राष्ट्रपति पुटिन

माघ २५, काठमाडौँ | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताउँनु बएको छ ।  यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो।

“नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै  युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,” पुटिनले रुसी-फ्रान्सेली वार्ता पछि पत्रकार सम्मेलनमा  उक्त टिप्पणी गर्नुभएको छ। “अवश्य पनि हामीले राष्ट्रपतिसँग सबै कुराको बारेमा कुरा गर्यौं, तपाईले देख्न सक्नुहुन्छ, धेरै लामो समयसम्म, लगभग छ घण्टासम्म छलफल भएको थियो,” पुटिनले थप्नुभयो।

किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको छ र मिन्स्क सम्झौताहरूको पालना गर्न किभले अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएँ, पुटिनले थप टिप्पणी गर्नुभयो।

“निस्सन्देह, मेरो पक्षको लागि, मैले मिन्स्क प्याकेज अन्तर्गतको उपाय र सम्झौताको नर्मन्डी ढाँचामा, शिखर सम्मेलनमा पुगेकाहरू सहितको दायित्वहरू पालना गर्न वर्तमान किभ अधिकारीहरूको अनिच्छाप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छु,” पुटिनले भन्नुभयो ।

“हामी आशा गर्छौं कि राष्ट्रपतिले कम्तिमा आज भने जस्तै भोलि कीभ नेतृत्वसँगको बैठकमा युक्रेनी समझौता भित्र युरोपमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने ग्यारेन्टीका मुद्दाहरूमा छलफल गर्न चाहन्छन्,” पुटिनले भन्नुभयो। मंगलबार म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न कीभ जाने योजना बनाउँनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ