2026-10-26 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ- राष्ट्रपति पुटिन

माघ २५, काठमाडौँ | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताउँनु बएको छ ।  यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो।

“नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै  युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,” पुटिनले रुसी-फ्रान्सेली वार्ता पछि पत्रकार सम्मेलनमा  उक्त टिप्पणी गर्नुभएको छ। “अवश्य पनि हामीले राष्ट्रपतिसँग सबै कुराको बारेमा कुरा गर्यौं, तपाईले देख्न सक्नुहुन्छ, धेरै लामो समयसम्म, लगभग छ घण्टासम्म छलफल भएको थियो,” पुटिनले थप्नुभयो।

किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको छ र मिन्स्क सम्झौताहरूको पालना गर्न किभले अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएँ, पुटिनले थप टिप्पणी गर्नुभयो।

“निस्सन्देह, मेरो पक्षको लागि, मैले मिन्स्क प्याकेज अन्तर्गतको उपाय र सम्झौताको नर्मन्डी ढाँचामा, शिखर सम्मेलनमा पुगेकाहरू सहितको दायित्वहरू पालना गर्न वर्तमान किभ अधिकारीहरूको अनिच्छाप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छु,” पुटिनले भन्नुभयो ।

“हामी आशा गर्छौं कि राष्ट्रपतिले कम्तिमा आज भने जस्तै भोलि कीभ नेतृत्वसँगको बैठकमा युक्रेनी समझौता भित्र युरोपमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने ग्यारेन्टीका मुद्दाहरूमा छलफल गर्न चाहन्छन्,” पुटिनले भन्नुभयो। मंगलबार म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न कीभ जाने योजना बनाउँनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने