८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियालाई मार्च १ अगावै पूर्ण रूपमा सिमाना खोल्न एनआरसीको सिफारिस

२५ माघ २०७८, मंगलवार ११:४८

माघ २५, काठमाडौँ | मलेसियाको नेसनल रिकभरी काउन्सिल (एनआरसी)ले आउँदो मार्च १ तारिखअगावै पूर्ण रूपमा सिमाना खोल्न सिफारिस गरेको छ । यात्रुहरूलाई अनिवार्य क्यारेन्टिनबिना नै प्रवेश गर्न दिन सिफारिस गरेको हो । अर्थतन्त्रको पुनरूत्थानलाई गति दिने योजनाको हिस्साका रूपमा यसो गरिएको हो ।

दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाले कोरोना प्रकोप नियन्त्रण गर्न सन् २०२० मार्चदेखि आफ्नो सिमाना बन्द गरेको थियो र विदेशी कामदारहरूको प्रवेश रोकेको थियो ।थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरसहित मलेसियाका छिमेकी मुलुकले खोप लगाएका पर्यटकहरू आकर्षित गर्न क्वारेन्टिनसम्बन्धी प्रावधान हटाएपछि यस्तो सिफारिस आएको हो ।

पूर्वप्रधानमन्त्री एवं सरकारी सल्लाहकार निकाय नेसनल रिकभरी काउन्सिल (एनआरसी)का प्रमुख मुहिद्दिन यासिनले यात्रुहरूले प्रस्थान गर्नुअघि र आगमनमा कोभिड–१९ स्क्रिनिङ गर्नुपर्ने बताए । “यसको मतलब पर्यटकहरू भ्रमण गर्न सक्छन् । लगानीकर्ताहरू प्रवेश गर्न सक्छन् । एयर एसिया फेरि उडान गर्न सक्छन्,” उनले भने ।

अहिले द्विपक्षीय सम्झौताअनुसार मलेसियाले सिंगापुरबाट आउने मानिसलाई क्वारेन्टिनफ्री प्रवेशका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ