२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन ढिला त्रिविको नतिजा प्रकाशनमा ?

२६ माघ २०७८, बुधबार ०९:०८

माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन।

त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। त्रिवि नियमावली अनुसार कुनैपनि परीक्षा सकिएको तिन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान छ। तर त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन। परीक्षाको नतिजा ढिलो आउँदा शैक्षिक क्यालेण्डर अन्यौल बनेको छ भने विद्यार्थीहरु माथिल्लो तहमा जान पाएका छैनन। स्नातक तह चौथो वर्षको परीक्षा दिएपनि नतिजा समयमा नआउँदा स्नातकोत्तर तहमा जान वञ्चित हुनुपर्ने बाध्यता छ।

‘परीक्षा दिएको ७ महिना वितिसक्यो नतिजा आउने कुनै संकेत छैन। के गर्नु ? ’ विद्यार्थीहरुको गुनासो छ ।

गत माघ ११ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनुगमनमा पुगेका थिए। उनले अनुगमनमा समयमै परिक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका थिए। मानविकी संकाय, शिक्षा शास्त्र, विज्ञान शंकायको समयमा नतिजा नआएको पिडीत विद्यार्थीको गुनासो छ।

मन्त्री पौडेलले बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका थिए।  सो क्रमम परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको बताएका थिए।

विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन्। त्रिवि परीक्षा नियन्त्रक कार्यालयले भने जनशक्ती अभाव भन्दै टार्ने गरेको पाइएको छ। परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारीको दरबन्दी कायम छ। तर, १३७ जनाले काम गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले अंक चढाउन कम्प्युटर प्रणालीमा दक्ष जनशक्तीको अभाव हुँदा सकस भएको बताउँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै