२०८३ असार २, मंगलबार | ०४:०५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्ने सुविधा

२०२२-०२-१०

माघ २७, काठमाडौँ । अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्न मिल्ने सुविधा आउने भएको छ । विभिन्न कारोबारमा विद्युतीय भुक्तानीको प्रयोग बढिरहेको सन्दर्भमा सार्वजनिक सवारी चढ्ने यात्रुको सहजताका लागि कार्डबाट भाडा तिर्न मिल्ने सुविधा आउन लागेको हो ।

यसका लागि बागमती सरकारले सवार भाडा भुक्तानीलाई नगदरहित बनाउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले कार्डबाट सवारी यातायातको सवारी भाडा तिर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजता, सरलता र चुस्तताका लागि नगदरहित (क्याशलेस) प्रविधि सुरु गर्न लागिएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

यात्रुले खुद्रा पैसा नहुँदा तोकिएको भाडाभन्दा पनि बढी भाडा भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री खनालले यात्रुको सहजता र पारदर्शिताका लागि यस्तो भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको बताए ।

‘यसका लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरिने छ,’ मन्त्री खनालले भने ।

निश्चित मापदण्ड अनुसार सो प्रविधि भित्र्याइने र प्रदेशमा चल्ने सबै सार्वजनिक सवारीमा कार्यान्वयन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते