८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्ने सुविधा

२७ माघ २०७८, बिहीबार ०५:४३

माघ २७, काठमाडौँ । अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्न मिल्ने सुविधा आउने भएको छ । विभिन्न कारोबारमा विद्युतीय भुक्तानीको प्रयोग बढिरहेको सन्दर्भमा सार्वजनिक सवारी चढ्ने यात्रुको सहजताका लागि कार्डबाट भाडा तिर्न मिल्ने सुविधा आउन लागेको हो ।

यसका लागि बागमती सरकारले सवार भाडा भुक्तानीलाई नगदरहित बनाउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले कार्डबाट सवारी यातायातको सवारी भाडा तिर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजता, सरलता र चुस्तताका लागि नगदरहित (क्याशलेस) प्रविधि सुरु गर्न लागिएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

यात्रुले खुद्रा पैसा नहुँदा तोकिएको भाडाभन्दा पनि बढी भाडा भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री खनालले यात्रुको सहजता र पारदर्शिताका लागि यस्तो भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको बताए ।

‘यसका लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरिने छ,’ मन्त्री खनालले भने ।

निश्चित मापदण्ड अनुसार सो प्रविधि भित्र्याइने र प्रदेशमा चल्ने सबै सार्वजनिक सवारीमा कार्यान्वयन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च