२०८३ असार २, मंगलबार | ०३:४४ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधवनारायणका बर्तालु चाँगुनारायणमा

फागुन १, काठमाडौँ । पौष शुक्लपूर्णिमादेखि साँखुस्थित शालिनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले तीर्थयात्राका क्रममा स्नान गरेर चाँगुनारायण मन्दिरमा  पूजा तथा आराधना गरेका छन् । बर्तालुले मूल मन्दिरमा माधवनारायण राखेर विशेष पूजा गरेका हुन् । चाँगुनारायणको विशेष पूजा गरेसँगै यस वर्षको तीर्थयात्रा पनि सम्पन्न भएको छ । माघ शुक्ल एकादशीका दिन (शनिबार) बर्तालु पैदल हिँडेर चाँगुनारायण पुगी बास बसेका थिए । द्वादशीका दिन स्नान गरी चाँगुनारायणमा विशेष पूजा तथा आराधना गर्ने व्रतविधि छ । आज बिहान विशेष पूजा सकेपछि बर्तालुले साँखु पुगी भोजन गरेको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउनुहुन्छ ।

यसअघि पशुपतिबाट शेषनारायणसम्म र पनौती गरी दुई वटा तीर्थयात्रा सम्पन्न भइसकेको थियो । तीर्थयात्रा सम्पन्न भएपछि माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने व्रत समापन पूजाका लागि भक्तजनलाई निमन्त्रणा गरिन्छ । बज्रयोगिनी माईललगायत साँखु बजार बाहिर पनि सुनिने  गरी व्रत समापनको निमन्त्रणा गर्ने प्राचीनकालदेखिको विधि छ । 

 फागुन ४ गते माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन (साङ्गे) गरिन्छ । यसलाई स्थानीयवासीले अश्वमेध यज्ञ पनि भन्छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखको शालिनदीमा यसवर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको पूजा गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहनुभएका प्रकाश श्रेष्ठ ‘सक्वले’ राससलाई जानकारी दिनुहुन्छ ।शालिनदीको एक महिने मेला अन्तिम चरणमा पुगेका बेला साँखु क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । ऐतिहासिक, सांस्कृतिक एवं पौराणिक महत्वको शालिनदीमा पार्किङ, सार्वजनिक यातायात, होटल र खुद्रा पसल भने व्यवस्थित नभएको तीर्थयात्रीको गुनासो छ । नगरपालिकाले व्यवस्थित रुपमा काम गर्न नसकेको भन्दै भक्तजनले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते