फागुन २, काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।
शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको बताइएको छ ।
यसअघि प्रधानसेनापति शर्माले अष्ट्रेलियाली राजदूतसँग भेटवार्ता गरेका थिए।