भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार मेलाबाट संघलाई ९ लाख मुनाफा

११ भाद्र २०७३, शनिबार ०२:५९

भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको जानकारी दिएको  छ ।

शान्ति समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलिया आधार मुल नाराका साथ कृषि, पर्यटन, उद्योग, व्यवार एवं सुचना प्रविधिको विकास गराउने उद्देश्यले १२ दिन संचालित मेलाले आफनो लक्ष्य पुरा गरेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रिले बताउनु भयो । मेलामा जिल्ला स्तिथ महत्पुर्ण एतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुपको आकारमा मेलाको मुल गेट निर्माण गरि विश्वमा नै रामग्रामलाई चिनाउन सफल भइएको अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार सुचना प्रविधि संगै जिल्लाका कृषि, उद्योगबाट उत्पादित बस्तु, पर्यटकिय स्थल त्रिवेणी धाम, मदार बाबा स्थान, बालमिकी आश्रम, रामग्राम स्तुप पन्डिपुत, थारु भिलेज, दाउन्नेदेवी, मौलाकालि मन्दिर, नन्दन ताल लगायतका क्षेत्रको प्रदर्शन, वृत्तचित्र र  ब्रोसर मार्फत व्यापक प्रचार प्रसार गरि संघले आफनो लक्ष्य पुरा गरेकोे बताउनु भयो ।

मेलामा टिकट विक्री, बाल उद्यान, स्थल निर्माण, प्रायजोकहरुबाट ८१ लाख ४ हजार ९५२ रुपिया आम्दानी भएको छ भने सांकृति, सुचना संचार, ईन्धन यातायात, कृषि पर्यटन प्रबद्र्धन, प्रचार प्रसार, विद्युत खानेपानी लगायतका विभिन्न शिर्षकहरुमा ७१ लाख ९९ हजार ३६७ रुपिया खर्च भई ९ लाख रुपिया मुनाफा भएको संघका कोषाध्यक्ष राजेश कुमार गुप्तले सम्मेलनमा जानकारी दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ