2026-09-09 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले युक्रेनसँगको सीमामा सैनिक घटाएको होइन बढाएको छ – अमेरिका

फागुन ५, काठमाडौँ । युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको दाबी गलत भएको अमेरिकाले बताएको छ। अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताए।उनले रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको बताए। ‘यो झुटो दाबी हो’ उनले भने। 

रूसले युक्रेन सीमा सात हजार अतिरिक्त सैनिक परिचालन गरेको उनले बताएको बीबीसीले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति जो वाइडेनलेसमेत रुसले सैन्य फिर्ति थालेपनि कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए। तर रुसले भने आफ्नो सैन्य अभ्यास पूरा भएको र सीमामा खटिएको सेनालाई हटाइरहेको बताएको छ। तर पश्चिमा देश र अमेरिकाले रुसले दाबी गरेको जस्तो कुनै प्रमाण वा संकेत नपाएको जनाएको छ। 

व्हाइट हाउसका एक वरिष्ठ अधिकारीले बुधकार पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भने “हिजो, रूसको सरकारले दाबी गरेको थियो कि युक्रेनको सीमाबाट सैनिकलाई फिर्ता बोलाइरहेको छ। यस दाबीले विश्वभरको ध्यान खिचेको छ तर अहिले हामीलाई थाहा भएको छ कि यो दाबी गलत हो।” नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि रुसले सीमा तैनाथ सैनिक फिर्ता गरेको कुनै प्रमाण फेला नपरेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग