९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

५ फाल्गुन २०७८, बिहीबार १०:०२

फागुन ५, काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो ।

यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो ।उल्लेखित १६ जिल्लाबाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।  पार्टीको विधानको व्यवस्था र सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने निर्णयसमेत समितिले गरेको छ ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसमितिको सभापतिबाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ ।विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनीत गर्ने बढीमा सात÷सात क्षेत्रीय प्रतिनिधिले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा