2026-09-09 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनसँग भारतको सम्बन्ध निकै कठिन दौरमा गुज्रिरहेको छ – भारतीय विदेशमन्त्री

फागुन ८, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताएका छन् । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिएका हुन् ।

जयशंकरले एक प्रश्नको जवाफमा भने, ‘भारतको चीनसँगै एउटै समस्या छ । सन् १९७५ देखि ४५ वर्षसम्म सीमामा शान्ति रह्यो, सीमा प्रबन्ध स्थिर रह्यो, कोही पनि सैनिक हताहत भएनन् । तर अहिले यो बदलिएको छ किनभने हामीले चीनसँगको सीमामा रहेको वास्तविक नियन्त्रण रेखामा सैन्य बल तैनाथ नगर्ने सम्झौता गरेका थियौँ तर चीनले त्यस सम्झौतालाई उल्लङ्घन गरेको छ ।’

‘‘स्वाभाविक रूपमा सीमाको स्थितिले दुई देशबीचको सम्बन्धको स्थितिलाई पनि तय गर्दछ,’ उनले भने, ‘त्यही भएर अहिलेको समयमा चीनसँग भारतको सम्बन्ध निकै कठिन समयबाट गुज्रिरहेको छ ।’ सन् २०२० को जुन १५ मा गलवान घाटीमा दुई देशका सेनाबीच भएको हिंस्रक झडपपछि भारत र चीनबीच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो । त्यसपछि दुवै देशले सो क्षेत्रमा बिस्तारै सैनिक र हतियारको तैनाथी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग