२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट क्यूआरकोड सहितको प्रिन्टेड भिसा प्रणालीको आरम्भ

८ फाल्गुन २०७८, आईतवार ०७:१३

फागुन ८, काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत मुलुकका सबै अध्यागमन नाकाहरुबाट  डिजिटल भिसा दिन सुरु गरेको छ ।  विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन् । 

गृहसचिव पाण्डेले नेपाली मुलका बेलायती नागरिक मन्जील पूनलाई ३० दिनको पर्यटक भिसा दिएर क्यूआरकोडसहितको प्रिन्टेड भिसा दिएका थिए । अध्यागमन विभागले हस्तलिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली सुरुवात गरेको हो । 

क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले भिसा उत्पन्न गरी छाप्ने गर्दछ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले क्यूआरकोड सहितको प्रिन्टेड भिसा सुरु भएको बताए । 

उनले अन्नपूर्णसँग भने,' अब विगतमा जस्तो हातले लेख्दा हुने त्रुटी  तथा केरमेट हुँदैन । सेवा समेत छिटो र छरितो हुन्छ ।’ कार्यक्रममा  गृहका सहसचिव फडिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य