२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको वार्ता आग्रह अस्विकार गरेपछि युक्रेनमा फेरि आक्रमण गर्न रुसी सेनालाई निर्देशन

२०७८, १५ फाल्गुन आईतवार ०७:४०

फागुन १५, काठमाडौँ । युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो । 

अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्य नभएको जवाफ दिएको थियो ।शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको थियो । ती मध्ये तीन जना बालबालिका समेत रहेका थिए ।  

युक्रेनी सेना र रुसी सेनाका बीचमा युक्रेनमा आइतबार पनि युद्ध जारी छ । आइतबार युक्रेनको दक्षिणी सरह नोभा काखोभ्कालाई रुसले आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनी सञ्चारमाध्यमले नै डीनीपर नदीको किनारमा रहेको यो सहरलाई रुसले नियन्त्रणमा लिएको जनाएका हुन । 

रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको नोभा काखोभ्काका नगरप्रमुखले बताउनु भएको छ ।त्यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी सेना प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । 

खार्किभका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको पुष्टि गर्नु भएको छ । नागरिकलाई भने घर भित्रै रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट