९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा विश्वको सबैभन्दा ठूलो विमान रुसी आक्रमणको दौरान नष्ट

१६ फाल्गुन २०७८, सोमबार ०५:४२

फागुन १६, काठमाडौँ । विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनमाथि रुसले युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो ।

युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको सो विमान रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनी भाषामा यो विमानलाई ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ ।

‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् ।

विमानको विनाशको पुरा विवरण भने आइसकेको छैन । एन्टोनोभ कम्पनीले एक ट्वीट गर्दै विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको प्राविधिक अवस्था पमाणित गर्न नसकिने बताएको छ ।

एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतवार एक विज्ञप्ति जारी गरी विमान नष्ट भएको तर, यसको पुनर्निर्माण रुसकै खर्चमा हुने स्पष्ट पारेको छ ।

युक्रेनको उड्डयन र एयर कार्गो क्षेत्रलाई जानाजानी क्षति पुर्‍याएकाले रुसले नै लागत खर्च बेहोर्नुपर्ने कम्पनीको भनाइ छ ।‘पुनर्निर्माणमा तीन अर्ब अमेरिकी डलर र पाँच वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु