२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा विश्वको सबैभन्दा ठूलो विमान रुसी आक्रमणको दौरान नष्ट

२०७८, १६ फाल्गुन सोमबार ०५:४२

फागुन १६, काठमाडौँ । विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनमाथि रुसले युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो ।

युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको सो विमान रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनी भाषामा यो विमानलाई ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ ।

‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् ।

विमानको विनाशको पुरा विवरण भने आइसकेको छैन । एन्टोनोभ कम्पनीले एक ट्वीट गर्दै विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको प्राविधिक अवस्था पमाणित गर्न नसकिने बताएको छ ।

एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतवार एक विज्ञप्ति जारी गरी विमान नष्ट भएको तर, यसको पुनर्निर्माण रुसकै खर्चमा हुने स्पष्ट पारेको छ ।

युक्रेनको उड्डयन र एयर कार्गो क्षेत्रलाई जानाजानी क्षति पुर्‍याएकाले रुसले नै लागत खर्च बेहोर्नुपर्ने कम्पनीको भनाइ छ ।‘पुनर्निर्माणमा तीन अर्ब अमेरिकी डलर र पाँच वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट