२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चार लाख मतदाता

१६ फाल्गुन २०७८, सोमबार ०६:३५

फागुन १६, चितवन । जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो ।

 विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९७०, खैरहनीमा १० हजार ४४५, रत्ननगर नगरपालिकामा नौ हजार ६८५ मतदाता थपिएका छन् । 

यस्तै कालिका नगरपालिकामा आठ हजार ४२०, माडी नगरपालिकामा छ हजार ८२०, इच्छाकामना गाउँपालिकामा चार हजार १३२ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार भरतपुरमा एक लाख ८६ हजार ६७०, राप्तीमा ४० हजार ९६८, खैरहनीमा ४३ हजार ७०८, रत्ननगरमा ५२ हजार ८३९ मतदाता छन् । 

कालिकामा ३१ हजार ४०७, माडीमा २८ हजार ४९३, इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् । यस पटक ४७ मतदान केन्द्र थपिने अनुमान गरिएको छ । एक मतदान केन्द्रमा एक हजार जनाले मतदान गर्ने गरी मतदान केन्द्र निर्धारण गर्ने गरिन्छ । 

कार्यालयले यही फागुन १९ गते जिल्लाभित्रका ९८ वटै वडा कार्यालयमा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । मतदाताको सम्बन्धित वडा कार्यालयमा नामावली सार्वजनिक गरेर त्रुटी सच्याउने काम गर्न लागिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रुटी सच्याउने समय यही फागुन २२ गतेसम्म राखिएको छ । 

फरक–फरक वडामा दोहोरो नाम परेमा, नाम ठेगाना बिग्रेमा बसाइँसरेका, विवाहपछि ठेगना परिवर्तन भएकाले नामावली सच्याउन पाउनेछन् । दोहोरो नाम परेकाले स्वयम् निर्वाचन आयोगले जारी गरेको अनुसूची भरेर निवेदन दिन सक्नेछन् । 

यस्तै बसाइँसराइ, विवाह भएकाका हकमा स्वयम् व्यक्ति वा एकाघरका सदस्यले अनूसूची भरेर २३ गतेसम्म नामावली सच्याउन पाउनेछन् । यस्तै मृत्यु भएकाको हकमा एकाघरका परिवारका सदस्यले अनुसूची भरेर नामावली हटाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की