2026-09-09 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

फागुन १६, काठमाडौँ । रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् । 

पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म युक्रेनका ठूला शहर कब्जा गर्न सकेको छैन ।

रूसविरुद्ध लड्न युक्रेनले अन्तरराष्ट्रिय सहायता र समर्थन मागिरहेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि हतियारसहित बन्दोबस्तीका सामान युक्रेनतर्फ पठाइरहेका छन् ।

यसैबीच, बेलारूसँगको सीमामा यतिखेर रूस र युक्रेनका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा युक्रेनले रूसलाई तत्काल गोलाबारी बन्द गर्न र सेनालाई पछि हटाउन माग राखेको छ । रूसले भने वार्ताको तयारी हुँदैगर्दा आणविक हतियारलाई तयार राख्न सेनालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग