2026-09-09 02:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

फागुन १८, काठमाडौँ । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराउनुभएको छ ।

रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताउनुभएको हो ।

सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ ।

यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ ।  इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ । उहाँले भन्नुभयो, “रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।”

 इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग