कमल रावल | भदौ १२, अछाम | बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | भदौ १२, अछाम | बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय

२०७३, १२ भाद्र आईतवार ०२:५३

कमल रावल | भदौ १२, अछाम | बयालपाटा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा निकै प्रभावकारी र गुणस्तरिय भएको सरोकारवालाले बताएका छन । बयालपाटा अस्पतालले सुदुरपश्चिमका जनताका माझ स्वास्थ्य सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले आगामि दिनमा यसलाई अझै बढाउदै प्रभावकारी बनाउदै लैजानको लागि आफनो तर्फ सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन । 

सुदुर संञ्चार समाज नेपाल रेडियो रामारोशनको आयोजनामा भएको सामाजिक परिक्षण कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिदै अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले आज भन्दा ८ वर्ष पहिले सानो कोठा बाट सेवा सुरु गरेको अस्पताले यतिबेला सुदुरपश्चिमका जनताको सेवामा पुग्न सफल भएकाले आगामि दिनमा अझै सेवालाई प्रभावकारी बनाउदै लैजानका लागी आफनो तर्फबाट कुनै कसर बाकी नराख्ने बताएका थिए । २०६६।६७ को आर्थिक वर्षमा अस्पतालबाट १७ हजारले सेवा पाएका थिए भने अहिले २०७२।७३ सम्म आईपुग्दा यस क्षेत्रका ७७ हजार जनातालाई अस्पताल सेवा दिन सफल भएका जानकारी गराएका थिए । अस्पतालमा आकस्मिक सेवा २४ घण्टा सेवा सुचारुका साथै अस्पतालमा ब्लड बैक, हाड जोर्नी सेवा, मानसिक स्वास्थ्य लगाएत थुप्रै सेवा सुचारु भएकाले अझै अस्पतालमा अग्र स्थानमा पुरयाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए । 

कार्यक्रममा बयालपाटा अस्पतालबाट संञ्चालन भएको सामुदायिक स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराउदै कार्यक्रमका उपनिर्देशक लाल बहादुर कुवरले अछामको साफेबगर क्षेत्रका १४ गाबिस र कमलबजार नगरपालिका तथा विरपथ गाबिसमा कार्यक्रम संञ्चालन भईरहेको जानकारी गराउनु भएको थियो । गर्भअवस्थामा कसैले अकालमा ज्यान नगुमाउन, दिर्घ रोगिले नियमित औषधी कसरी गर्ने भन्ने विषयमा आफना स्वयम सेविकाका मार्फत सुझाव सल्लाह दिने कार्य भईरहेको बताउनु भयो । पहिले निकै कम मात्रामा गर्भवती महिला प्रसुती गर्न स्वास्थ्य संस्थामा आउने गरेकाले अहिले आफुले सुझाव सल्लाह दिदा निकै बढेका जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा अस्पतालको भौतिक पुर्वाधारको बारेमा जानकारी गराउदै संचालन एशोसियट जिवन बोहराले नेपालमै नमुनाको रुपमा माटोबाट निर्माण भईरहेका माटा घरहरु निकै गुणस्तरि भएकाले पहिलो चरण काम सकिएको र दोस्रो चरणको अन्तिम चरणमा पुगको र तेस्रो चरणका काम सम्पन्न हुने जानकारी गराउनु भयो । 


कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाना, नेकपा एमाले अछामका जिल्ला सदस्य शिलोज कुवर, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मदन कुमार भुल रोशन, नेकपा मालेका केन्द्रिय सदस्य हिरेण्ड कुवर, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष राउते टमट्टाले अस्पतालले दिने सेवा निकै प्रशसंनिय भएकाले अझै सेवा लाई गुणस्तरिय व्यवस्थित बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो । राजिनितको दलको तर्फबाट अस्पतालाई गर्नु पर्ने सहयोगमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिले सेवा गुणस्तरिय भएकाले आगामि दिनमा छिटो छरितो तथा मुस्कान सहितको सेवा हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका लेखापाल हिरानन्द झा, खप्तड गुल्म साफेबगरका नरेन्द्र सिह बोहरा, ईलाका प्रहरी कार्यालय साफेबगरका असिम चन्द शाह, पत्रकार महासघ अछामका अध्यक्ष राम बहादुर कुवर, उद्योग वाणिज्य संघ अछामका सदस्य चक्र सुनार, वल्र्ड भिजनका मिठु हुडके, वाक नेपालका हरिशचन्द्र रावल लगाएतको सहभागिता रहेको थियो । बयालपाटा अस्पतालका अभिशासन तथा साझेदारि विभागका प्रमुख डाक्टर विशाल वेलवासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिरण रेडियो रामारोशनका कार्यक्रम संयोजक टेक बहादुर थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी