२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको महत्त्वपूर्ण खेरसन शहर कब्जा

२०७८, १९ फाल्गुन बिहीबार ०७:२३

फागुन १९, काठमाडौँ । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको  न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै  उल्लख गरेको छ।

"शहर घेरिएको छ," खेरसनका मेयर इगोर कोलिखाएभले  सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति "रूसी सेनाले शहरमा प्रवेश गरेपछि   तनाबपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको  ३००,००० मानिसहरूको शहर – खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन।

बुधवार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ।

संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको संख्या २,००० भन्दा बढी  उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई "अनुमानित" भन्दै कति मानिसहरू अझै पनि आगलागीमा  परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्।यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट