कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको "/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

सहकारीमा अनियमितता गर्ने उपर हदै सम्मको कारबाही सांसद: अधिकारी

१२ भाद्र २०७३, आईतवार ०६:०८

कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको रुपमा काम गर्दै आएको बताएका छन । शुभम् बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै अधिकारीले पहिलो सार्वजनीक र दोश्रो निजी क्षेत्रले देशको अर्थतन्त्र धान्न नसकेको अवस्थामा तेश्रो खम्वाको रुपमा सहकारीले काम गर्दै आएको बताएका हुन ।

सांसद विकाश समितिका सभमपति समेत रहेका अधिकारीले सहकारीलाई अघि सारेर केहि  समुह  धन्दा चलाउने उद्धेश्यका साथ सहकारी भित्र छिरेको आरोप लगाए ।  न्युन तथा मध्यम बर्गको हितको लागि सहकारीले काम गर्नू पर्ने बताउदै अधिकारीले भने “सहकारीमा अनियमितता गरेर सहकारीको बचत दुरुपयोग गर्ने जो कोहिलाई अब छाडिदैन, उनीहरुहरुलाई हर्दैसम्मको कारवाही हुन्छ ।” सहकारी सम्बन्धी नियम कानुन बन्दै गरेकोले जसले सहकारी को रकम अनियमितता गर्छ, त्यो कारबाहीको भागिदार हुने बताए । नेपाल राष्ट्रिय बाणिज्य महासंघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठले सहकारी सहकारी ले धनि र गरिब बिचको खाडल अन्त्य गर्नमा ठुलो भुमिका रहेको बताउदै अर्थतन्त्रमा ठुलो टेवा मिल्ने बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन, सचिवको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन र लेखा सतिति को प्रतिबेदन क्रमश चुडामणि बराल, सुर्य पौडेल , विष्णुहरि न्यौपाने, कृष्ण प्रसाद पोखरेल ले प्रस्तुत गरेका थिए । शुभम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय बाणिज्य महासंघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठ, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रविण पौडेल, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रजापति बाँस्तोला, कानुनि सल्लाहाकार पदमपाणि देवकोटा, उपाध्यक्ष आशिष सिंह, सचिव सुर्य प्रसाद पौडेल, शिक्षा उपसमिति संयोजक सुवास कुमार तिवारी लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट बचतकर्ताबाट सुवास कुमार तिवारी, उत्कृष्ट ऋणिमा दुर्गादक्त भण्डारी र जेष्ठ सदस्यबाट शारदा शशिधर सम्मानित गरिएको थियो  साथै महिलाहरुको चाड हरितालिका तिजको अबसर पारेको संस्थाका महिला सदस्यहरुलाई दर खुवाईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ