कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको "/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

सहकारीमा अनियमितता गर्ने उपर हदै सम्मको कारबाही सांसद: अधिकारी

२०७३, १२ भाद्र आईतवार ०६:०८

कमल सुबेदी | भदौ १२, पोखरा | नेकपा एमालेका युवा नेता तथा सांसद  सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको रुपमा काम गर्दै आएको बताएका छन । शुभम् बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै अधिकारीले पहिलो सार्वजनीक र दोश्रो निजी क्षेत्रले देशको अर्थतन्त्र धान्न नसकेको अवस्थामा तेश्रो खम्वाको रुपमा सहकारीले काम गर्दै आएको बताएका हुन ।

सांसद विकाश समितिका सभमपति समेत रहेका अधिकारीले सहकारीलाई अघि सारेर केहि  समुह  धन्दा चलाउने उद्धेश्यका साथ सहकारी भित्र छिरेको आरोप लगाए ।  न्युन तथा मध्यम बर्गको हितको लागि सहकारीले काम गर्नू पर्ने बताउदै अधिकारीले भने “सहकारीमा अनियमितता गरेर सहकारीको बचत दुरुपयोग गर्ने जो कोहिलाई अब छाडिदैन, उनीहरुहरुलाई हर्दैसम्मको कारवाही हुन्छ ।” सहकारी सम्बन्धी नियम कानुन बन्दै गरेकोले जसले सहकारी को रकम अनियमितता गर्छ, त्यो कारबाहीको भागिदार हुने बताए । नेपाल राष्ट्रिय बाणिज्य महासंघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठले सहकारी सहकारी ले धनि र गरिब बिचको खाडल अन्त्य गर्नमा ठुलो भुमिका रहेको बताउदै अर्थतन्त्रमा ठुलो टेवा मिल्ने बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन, सचिवको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन र लेखा सतिति को प्रतिबेदन क्रमश चुडामणि बराल, सुर्य पौडेल , विष्णुहरि न्यौपाने, कृष्ण प्रसाद पोखरेल ले प्रस्तुत गरेका थिए । शुभम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय बाणिज्य महासंघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठ, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रविण पौडेल, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रजापति बाँस्तोला, कानुनि सल्लाहाकार पदमपाणि देवकोटा, उपाध्यक्ष आशिष सिंह, सचिव सुर्य प्रसाद पौडेल, शिक्षा उपसमिति संयोजक सुवास कुमार तिवारी लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट बचतकर्ताबाट सुवास कुमार तिवारी, उत्कृष्ट ऋणिमा दुर्गादक्त भण्डारी र जेष्ठ सदस्यबाट शारदा शशिधर सम्मानित गरिएको थियो  साथै महिलाहरुको चाड हरितालिका तिजको अबसर पारेको संस्थाका महिला सदस्यहरुलाई दर खुवाईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी