2026-09-19 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने’

फागुन २१, काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।

यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो ।

“युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।

‘उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रियतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलरसहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ । 

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो ।

कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो । एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ ।

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई