१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

२२ फाल्गुन २०७८, आईतवार ०६:२५

फागुन २२, बेइजिङ ।  चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ । सो फोनवार्ताका क्रममा उहाँहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिेन्केनले चिनियाँ विदेशमन्त्री समक्षा राख्नुभएको थियो ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताउनुभएको थियो ।युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना