2026-10-26 09:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको छ – रुस

फागुन २२, काठमाडौँ । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार सहयोग गरिरहेका छन् ।

अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको रुसी अधिकारीहरुको आरोप छ । जसमध्ये हजारौं रुसी सैनिक मारिएको, रुसले ठूलो क्षति भोगेको, आर्थिक रुपमा जर्जर भइसकेको खबरहरु अमेरिका, बेलायतलगायत देशका मिडियाले प्रसारण गरिरहेका छन् । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पनि रुसविरुद्ध प्रोपोगान्डालाई प्राथमिकता दिइएको रुसको आरोप छ ।

रुसले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरिदिएको छ । अमेरिकी सञ्चारमाध्यम पनि रुसमा प्रतिबन्ध लगाइएको छ । बेलायतको बीबीसी प्रतिबन्ध लगाइएको छ । वेवसाइटपनि खोल्न नमिल्ने बनाइएको छ ।

रुसका निजी मिडियाहरु बन्द हुन थालेका छन् । युद्धबारे गलत सूचना प्रसारण गरे जेल सजाय हुने गरी कानून परिवर्तन गरिएपछि डरका कारण पनि बन्द गराइएका छन् ।

रुसी सञ्चारमाध्यममाथि पनि प्रतिबन्धहरु लगाइएको छ । पश्चिमा देशहरुमा रुसी टेलिभिजन प्रतिबन्ध लगाइएको हो । यूरोपेली यूनीयनका देशहरुले गत हप्ता नै रसिया टुडे र स्पुतनिकलाई प्रतिबन्ध लगाइसकेका छन् ।

पश्चिमा मिडियामा रुसले धक्का खाइरहेको फुटेज र खबरहरु प्रसारण भइरहेका छन् । रुसी मिडियामा भने पश्चिमाविरोधी खबर र युक्रेनमा जित हासिल भइरहेको खबरहरु प्रसारण भइरहेको छ । मिडिया प्रपोगान्डामा बदलिएपछि गलत सूचनाहरु प्रसारण हुन थालेको छ । भ्रमहरु धेरै सृजना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने