2026-10-26 09:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनबाट भागेका शरणार्थीलाई यौनदासी र मानव दासको रुपमा प्रयोग गर्ने खतरा

फागुन २२, काठमाडौँ  । रुस र युक्रेनको द्वन्द्वमा युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।

उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता जनाएका छन् ।  यक्रेनबाट बाहिरिने महिला र उनीहरुका परिवारहरूले निःशुल्क यातायातको प्रस्ताव स्वीकार गरिसकेका छन् । तर आपराधिक समूहले भने उनीहरुका लागि भुक्तानीको माग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । एक २७ वर्षीय महिलाले भनिन्, ‘पोल्याण्डमा गएकी एक महिला साथीले वार्सासम्म निःशुल्क लगिदिने र त्यहाँ पुगेपछि भने पैसा दिनुपर्ने माग आउने गरेको छ ।’

ती महिलाका अनुसार उनीहरुले शारीरिक रुपमा केही नगरेको तर निकै आक्रमक देखिएको बताइन् । भुक्तानी माग्नेहरुले उसका लागि काम गर्नुपर्ने शर्त राखेको समेत उनले बताइन् ।  उनले भनिन् , उसले त्यस्तो प्रस्ताव राखेपछि म चिच्याए र भाग्न सफल भए, यो दृश्य मानिसले हेरिरहेका थिए ।’ उनले मानिसलाई सचेत हुनका लागि आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने