2026-10-26 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै, प्रतिबन्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने जोखिम

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।

रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ। गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

भीषण गोलाबारी

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्।

सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेट मार्को रुबिओले नो फ्लाई जोनको अर्थ “तेस्रो विश्वयुद्धको शुरूवात” हुने सीएनएन टेलिभिजनसँग भने।

“नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ,” उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।

तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने