१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर हिंडेर छिमेकी देश स्लोभाकिया पुगे

२३ फाल्गुन २०७८, सोमबार १०:४९

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए । 

ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नियन्त्रणमा लिएको थियो । समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभिभावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविस्मरणीय यात्रा पूरा गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले ‘पछिल्लो रातको सबैभन्दा ठूलो नायक’ भनेको छ । विवरणअनुसार बालककी आमाले एउटा रेल चढाएर स्लोभाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन् । 

उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्राटिस्लाभामा रहेका उनका आफन्तजनहरुलाई सम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पिदिएका थिए । 

छोराको हेरविचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् । स्लोभाकियाका गृहमन्त्रीले फेसबुकमा बालकबारे कमेन्ट गर्दै उनको ‘निडर र दृढता’को प्रशंसा गरेका छन् । ‘प्लास्टिकको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी एक्लै आए, किनकी उनका अभिभावक युक्रेनमा बस्नुपर्ने थियो,’ मन्त्रालयले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ