२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना

२४ फाल्गुन २०७८, मंगलवार ०५:१५

फागुन २३, बागमती । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित विश्वभर मनाइँदै गरिएको महिला दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । आज यहाँ जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसाजस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पु¥याउनेजस्ता विषय महिला हित पक्षमा छन् ।”

यस्तै बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पनि ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली नारीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  

उहाँले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको जनाउँदै ती जटिलताको निराकरण, सोच र जीवन व्यवहारमा परिवर्तनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने