२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको छ-अमेरिका

२०७८, २४ फाल्गुन मंगलवार ०९:४४

फागुन २४, काठमाडौँ । रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको आरोप अमेरिकाले लगाएको छ । 

शहरी युद्ध (अर्बन वारफेयर) लड्नका लागि कुशल लडाकूहरू रुसले भर्ती गरिरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको दाबी छ । तर पेन्टागनका प्रवक्ता जोन कर्बीले सिरियाली लडाकूहरूको संख्या र क्षमताका बारेमा कुनै जानकारी नरहेको बताए । 

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण नरोक्ने बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले लडाइँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै युद्ध रोकिने बताउनु भएको छ ।

यसैबीच, १२ दिनदेखिको आक्रमणका कारण युक्रेनमा मानवीय सङ्कट गहिरिँदै गएको छ । त्यहाँका नागरिकलाई हातमुख जोड्न नै समस्या भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका नागरिकलाई समेत लक्षित गरी आक्रमण गरिरहेको छ ।

इर्पिन नगरबाट सुरक्षित ठाउँमा भाग्न लागेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता आक्रमणको कहिल्यै क्षमा नदिने बताउनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट