२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी शरणार्थीलाई आश्रय नागरिकलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने

२०७८, ३० फाल्गुन सोमबार ०७:४६

फागुन ३०, काठमाडौँ । युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ । बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ ।

यो योजना अनुसार बेलायतका नागरिकले एक युक्रेनी व्यक्ति वा परिवारलाई आफ्नो घरमा सित्तैमा बस्न दिन वा अलग्गै सम्पत्ति उपभोग गर्न दिन सक्नेछ ।आफूहरुको यो योजनाबाट हजारौं शरणार्थीहरु लाभान्वित हुने मन्त्री गोभको विश्वास छ । उनका अनुसार यो योजनामा स्थानीय परिषदलाई प्रतिव्यक्ति १० हजार पाउण्ड अनुदान दिइने छ, ताकि रुस-युक्रेन संघर्षको कारण शरणार्थी बनेकाहरुको अतिरिक्त आवश्यकता पूरा गर्न सकियोस् ।

उनले भनेका छन्, ‘हाम्रो देशमा आउने प्रत्येक व्यक्तिका लागि स्थानीय अधिकारीहरुलाई प्रतिव्यक्ति १० हजार पाउण्डभन्दा बढी उपलब्ध गराइने छ ।’

रुसले आक्रमण गरेपछि देश छोड्न बाध्य भएका युक्रेनका नागरिकहरुलाई आवास दिन इच्छुकहरुको सूची दर्ताका लागि सोमबारदेखि एक अनलाइन लन्च गर्ने तयारीसमेत गरेको मन्त्री गोभले बीबीसीको सण्डे मोर्निङ कार्यक्रममा भनेका छन् ।युक्रेनी शरणार्थीहरुलाई रोजगारी दिन सेन्सबरी, मार्क्स एण्ड स्पेन्सर, मोरिसन्स लगायत बेलायतका कम्पनीहरुले इच्छा देखाएको पनि बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी