2026-09-09 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसलाई तेस्रो झड्का: युक्रेनद्वारा मारिए अर्का एक हाइ प्रोफाइल योद्दा

फागुन ३०, मस्को । एजेन्सी । युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ । २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ । रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन् । यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ ।

रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन् । रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि कोलेस्निकोभको मृत्यु भएको हो ।

मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध, सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए । गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन् । गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग