५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगियो स्मार्टफोन: चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

२ चैत्र २०७८, बुधबार १०:४४

चैत २, मस्को । एजेन्सी । युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा  उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन् ।

बैंकिङ प्रणालीमा असर

रुसी वित्तीय संस्थाहरूलाई  स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जसकारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ । एपल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।

रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन

राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पीएसबी)का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरू विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए । मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए । प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरूले सामानहरू भण्डारण गरेका थिए ।

मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुअरीको औसत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पीएसबीले एउटा नोटमा जनाएको छ । क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पीएसबीले सो जानाकारी दिएको हो ।

रुसी हमलापछि विद्युतीय सामग्रीको मूल्य ४० प्रतिशतले बढेको छ । फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ । लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पीएसबीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता