अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीसँग ‘विश्वको मै हुँ’ भन्ने देशलाई ठेगान लगाउने सामर्थ्य छ- रुस

४ चैत्र २०७८, शुक्रबार ०५:२६

चैत ४, काठमाडौं । रुसले 'विश्वको मै हुँ' भन्ने 'सुपरपावर'लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ । 

अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ ।सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, "अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ । यसले केही गर्न सक्तैन । रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ ।"

२४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, "अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो ।"  

साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान