भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए प"/>

२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छ करोड चालीस लाखमा पक्की कुलो

२०७३, १३ भाद्र सोमबार ०६:०१

भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए पनि यसपालिदेखि कुलो बन्न सुरू गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङले बताउनु भयो । 

देउमाई नगरपालिका र एकतप्पा गाविसबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पाका केही वडाबाहेक सबै वडामा सिँचाइ हुने भएको छ । १२.१ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्बर वडाका एक हजार ५०० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो । 

तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । कुलोले एकतप्पाका छ वडाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ । 

एकाउन्न लाख राजस्व सङ्कलन 

जिल्ला ट्राफिक कार्यालय इलामले गत आव २०७२÷७३ मा सवारीनियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु ५१ लाख ७० हजार ३५० राजस्व सङ्कलन गरेको छ । 

ट्राफिकले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका जिप, मोटरसाइकल, बस, ट्रक, ट्र्याक्टरलगायत १५ हजार ६२८ वटा सवारीसाधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । 

सवारी नियम पालना नगर्ने जिप, कार र भेन छ हजार ७२, ट्रक एक हजार ८५४, बस २६७, मोटरसाइकल छ हजार २५३ र ट्र्याक्टर एक हजार १७३ वटा कारबाहीमा परेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट