2026-10-23 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारकाे प्रदर्शनी मेलामा नेपाली अलैंची

दिलकुमार लिम्बू | चैत ४, ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाकाे प्रदर्शनीमा राखिएकाे  छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो ।

दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका-६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गरे । उनले झापाको बिर्तामोडमा प्याकेजिङ गरे । त्यहीं अलैंची दोहाकाे प्रदर्शनीमा राखिएकाे हाे । अहिले प्रदर्शनका लागि दुबई पनि पठाइएको छ । ताप्लेजुङलगायत देशभरको उत्पादन कतार, साउदी अरब, दुबई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट नजाने सराेकारवाला बताउँछन् । 

नेपालकै नामबाट सिधै ति मुलुकमा पठाउने प्रक्रियाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपी)ले  बताए । उनले बताए । उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा कतारमा रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो । याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताए ।

प्रदर्शनीमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाइ जहाजमार्फत लैजान सकिने हिम्मत बढेको  छ । ‘प्याकेजको बाहिर यहँको स्थानीय भाषामा लेख्नु पर्नेरहे छ,’ उनले भने, ‘यहँको नियमानुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ । कतारका नागरिकले अनिवार्य मसलाको रुपमा प्रयोग गर्दै आएको उनले बताए । भट्टराईले भने, ‘हामीले चिरा मसल तथा बाह्र मसल प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।’ 

 कतारमा नेपाली अलैंची प्रतिकेजी १२० रियालमा खरिद बिक्री हुँदै आएको पौडेलले बताए ।अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने