2026-10-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा नयाँ भेरियन्टको कोभिडबाट २ जनाको मृत्यु

चैत ५, बेइजिङ । एजेन्सी । चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । 

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा  लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् । 

चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए । 

चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ । 

नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो । राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए । 

दबाबबीच शून्नय कोभिड नीति

सन् २०१९ को अन्त्यतिर मध्य सहर वुहानमा कोरोनाभाइरस देखिएको थियो । तर, सीमामा कडाई, लामो समयसम्म क्वारेन्टाइन र निश्चित क्षेत्रमा लकडाउन गरेर चीनले कोभिड नियन्त्रण गरेको थियो । 

तर, तीव्र फैलिने ओमिक्रोन भेरियन्टले सरकारको शून्य कोभिड रणनीतिको प्रभावकारिता र दीर्धकालीन रणनीतिमा चुनौती थपेको छ ।  

लकडाउनले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै हालैका साताहरुमा केही सरकारी स्रोतहरुले चीन कुनै बिन्दुमा पुगेर अन्य देश झैँ कोभिडसँगै बाँच्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने