युक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युक"/>
2026-10-26 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूक्रेन विरुद्धको आक्रमण रोक्न पाँच देशले रुसलाई दवाव बढाउने

चैत ८, काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अव चर्को दबाव दिनु पर्ने निश्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।   

उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन । 

त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने