ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/>
२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लिएपछी……

२०७८, ९ चैत्र बुधबार ०८:५९

चैत ९, काठमाडौँ । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।

ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।एक विज्ञप्तिमार्फत पीडित परिवारले घटनाको क्रममा गरेको सहयोगका लागि मर्सिसाइड प्रहरीलाई धन्यवाद एिको छ ।

प्रहरी सुपरिटेन्डेनट स्टिभ ब्रिजेलले भनेका छन्, “ बेल्ला राएले अकल्पनीय र डरलाग्दो परिस्थितिमा ज्यान गुमाउन पुगेकी छन् । हामी दुखित परिवारका साथ छौँ । सम्पूर्ण समुदाय नै यस घटनाबाट स्तब्ध हुन पुगेको छ । हामीले समुदायका यस्ता अप्रिय घटना फेरि नदोहरियोस् भनेर आगामी दिनमा सो क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएका छौँ ।"

प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । 

पीडित परिवारका ५३ वर्षीया छिमेकी जोआन्ने म्याथ्युजले पिए न्युज एजेन्सीलाई भनेकी छन्, “ती बच्ची अत्यन्तै हिस्सी परेकी थिइन् । घर छेउबाट हिँड्दा अभिवादन गर्न म यो परिवारसँग भेट्ने गर्दथेँ । अत्यन्तै सुखी परिवार थियो । पूर्ण रूपमा हुर्केको त्यो कुकुर स्टाफोर्डसायर टेर्रियर वा पिटवुल हुनुपर्दछ ।"


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट