२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

९ चैत्र २०७८, बुधबार ०९:३६

चैत ९, काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका छन् । 

उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताएका उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताए । 

शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ छ । त्रिवि विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने बताए । 

आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए । ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँदैन,’ उनले भने, ‘यसबारे कुलपति, प्रधानमन्त्रीसँग पनि कुरा गर्छु । सबै मिलेर समाधान गरौँ ।’ 

विद्यालय, प्राध्यापक तथा कर्मचारी कुनै राजनीतिक दलसँग आवद्ध हुनु नराम्रो नभए पनि तर, समस्या समाधान गरेर शिक्षाको क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट