११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष सुरेशचन्द्र रिजालसँग राय लिइयो

११ चैत्र २०७८, शुक्रबार ०८:३५

चैत ११, काठमाडौँ । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ । 

शपथ ग्रहण मूल समारोह समितिका पदाधिकारीले भारत र नेपालका ज्योतिषसँग राय लिएर दुवै देशबाट हुने उपयुक्त समय जुराएर शपथ ग्रहणको समय निर्धारण गरिएको हो । 

योगी आदित्य नाथको शपथ ग्रहणको मुहूर्त ज्योतिषीय र वास्तुअनुसार मिलाइएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । 

आदित्य नाथको शपथ ग्रहण मूल समारोह समितिले महासचिव रिजालसँग पनि राय लिएको थियो । एक साताअघि समितिका व्यक्तिले आफूसँग भैरहवामा भेटेर आदित्य नाथको शपथ ग्रहणका सम्बन्धमा राय लिएको उनले न्युज कारखानालाई जानकारी दिए ।

आदित्य नाथ योगी सम्प्रदाय भएकाले यस सम्प्रदायका व्यक्ति शपथ लिँदा अपनाउनु पर्ने विषयमा आफूसँग समितिका व्यक्तिले राय लिएको ज्योतिष रिजालले बताए । 

‘योगी आदित्य नाथको शपथ ग्रहणको विषयलाई एक साताअघि भैरहवामा समितिका व्यक्तिहरू र मबीच छलफल भएको थियो,’ उनले भने, ‘आदित्य नाथ योगी सम्प्रदायका हुन् । यो सम्प्रदायका व्यक्तिले शपथ लिँदा अपनाउनुपर्ने र नेपालबाट हेर्दा कुन समयमा शपथ लिँदा राम्रो हुन्छ भन्ने विषयमा मसँग राय लिइएको थियो ।’ 

साथै गत मंगलबार पनि समितिका व्यक्तिले ज्योतिष रिजाललाई फोन गरेर थप राय लिएका थिए । ‘गत मंगलबार मलाई समितिका व्यक्तिले फोन गरेर थप राय लिनु भएको थियो,’ उनले  जानकारी दिए । 

उनका अनुसार उनले दिएको रायअनुसार नै योगी आदित्य नाथको शपथ ग्रहणको समय शुक्रबार अपरान्ह साढे ४ बजे तय गरिएको छ । उनको रायमात्र लिएको बताएका ज्योतिष रिजालले भारतका प्रख्यात र विद्वान ज्योतिषले दिएको समयलाई नै शपथ ग्रहणको समय तोकिएको जानकारी दिए । 

लखनउको इकाना स्टेडियममा योगी आदित्य नाथले उत्तर प्रदेश मुख्यमन्त्रीको दोस्रो कार्यकालको शपथ ग्रहण लिँदैछन् । शपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । साथै विभिन्न प्रदेशका मुख्यमन्त्रीलाई पनि डाकिएको छ । 

शपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरू सिंगारिएको छ । शपथ ग्रहण कार्यक्रममा करिब ७० हजारभन्दा बढी मानिसहरु भेला हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा