२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ, हामीलाई सहयोग गर्न ढिलो नहोस् – जेलेन्स्की

२०७८, १३ चैत्र आईतवार ०६:२४

चैत १३, काठमाडौं । रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्।

उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्। जेलेन्स्कीले भनेका छन्, ‘रुसी आक्रमणबाट सुरक्षाको मूल्य के हो? त्यसको स्पष्ट जवाफ छ। युक्रेनका लागि युद्धक विमान, ट्यांक, एन्टी मिसाइल सुरक्षा प्रणाली हुन्, त्यसको जवाफ या मूल्य।’

‘हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन्, यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्।

युक्रेनमात्रै नभएर बाल्टिक क्षेत्रका देशहरु नै रुसी आक्रमणको निशानामा आएको उनले बताए। जेलेन्स्कीले भनेका छन्, ‘पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ र यो स्वीकार्य हुनु हुँदैन कसैका लागि पनि।’

पश्चिमा राष्ट्रको सैन्य गठबन्धन नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशतमात्रै भए पुग्ने जेलेन्स्कीले बताएका छन्। उनले भनेका छन्, ‘हामीले धेरै मागेका छैनौँ र माग्ने पनि छैनौँ। हामीले ३१ दिन पर्खिसकेका छौँ।’

युक्रेनले पश्चिमा राष्ट्रसँग लगातार लडाकु विमानको माग गर्दै आएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। जसका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट