२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी हमलामा युक्रेनका ४३ लाख बढी बालबालिका विस्थापित,१३६ बालबालिकाको मृत्यु

२०७८, १३ चैत्र आईतवार ०८:२०

चैत १३, काठमाडौं । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ ।

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन् ।

यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित  गरेको छ । ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन् । 

यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ ।चैत १३, काठमाडौं । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ ।

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन् ।

यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित  गरेको छ । ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह