२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसद्वारा लभिभमा क्रुज क्षेप्यास्त्र प्रहार

२०७८, १४ चैत्र सोमबार ०७:५६

चैत १४, किभ । रुसी फौजले पश्चिमी युक्रेनी सहर लभिभमा आक्रमण लक्षित गर्न थालेको छ । आइतबार रुसी रक्षा मन्त्रालयले त्यहाँ अत्याधुनिक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ ।

रुसी फौजले लभिभनजिक युक्रेनी फौजले प्रयोग गरिरहेको इन्धन भन्डारमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ । यसैगरी, विमानभेदक प्रणाली, रडार स्टेसन्स र टैंकको दृष्टि मर्मत गर्न प्रयोग भइरहेको कारखानामा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले रुसी महासंघको सशस्त्र फौजले विशेष सैनिक अभियानानुसार आक्रमण कार्यलाई जारी राखेको बताएका छन् ।

रक्षा मन्त्रालयले लभिभ सहरमा क्षेप्यास्त्र प्रहार हुँदै गरेका भिडियो पनि सार्वजनिक गरेको छ । नेटो सदस्य राष्ट्र पोल्यान्डदेखि मात्र ६० किमि टाढा रहेको लभिभका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणमा मानिस घाइते भएको बताएका छन् ।

रुसले युक्रेनको राजधानी किभनजिकका एस–३०० क्षेप्यास्त्रहरू र विमानभेदक क्षेप्यास्त्र प्रणाली ध्वस्त पार्न समुद्रबाट लामो दूरीका क्षेप्यास्त्रहरू पनि प्रहार गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ