2026-09-08 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको सत्ताको विषयमा बाइडेनको बयानलाई रुसले भन्यो ‘खतरनाक’

चैत १५, काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ ।

क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार  ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्डको वारसामा आफ्नो सम्बोधनका बेला शनिबार जो बाइडेनले भनेका थिए, ‘भगवानका लागि, यी व्यक्ति सत्तामा बस्न सक्दैनन् ।’

उनले युक्रेनमाथि रुसको हमलालाई लोकतन्त्र र निरंकुशता बीचको एउटा ठूलो संघर्ष बताएका छन् ।

पछि ह्वाइट हाउसको तर्फबाट बाइडेनको बयानमाथि स्पष्टिकरण दिने कोसिस गर्दै अमेरिकी राष्ट्रपति रुसमा सत्ता परिवर्तनको कुरा नगरिरहेको बताइयो ।

बाइडेनको बयानबारे क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवलाई साध्दा उनले भने, ‘यो बयान निश्चित रुपमा खतरनाक छ । हामी निकै ध्यानपूर्वक अमेरिकी राष्ट्रपतिको बयानमाथि निगरानी राखिरहेका छौँ ।’

यो मामिलामा हालसम्म पुटिनको तर्फबाट कुनै सार्वजनिक बयान आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग