2026-09-19 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलले कहाँबाट खोज्छ सबै कुराको जवाफ ?

चैत १६, काठमाडौं । गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् ।

तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले सरल तरिकाले जवाफ खोजिदिन्छ । तर गुगलले तपाईका हरेक प्रश्न तथा आशंकाको सटिक जवाफ क्षणभरमै कसरी खोजिदिन सक्छ भन्ने कुराका बारेमा तपाईले सोच्नुभएको छ ?

वास्तवमा गुगल सर्च प्रयोगकर्ताका जिज्ञासा तथा खोजीको जवाफ दिनका लागि गुगलले ३ वटा चरण पार गर्ने गर्दछ ।

पहिलो चरण : Crawling

गुगल सर्चमा केही कुरा खोज्नका लागि टाइप गरेर सर्च बटन थिच्नेहरुका लागि उल्लेखित विषयका बारेमा जानकारी प्रदान गर्ने कार्यको पहिलो चरण Crawling हो ।

वास्तवमा Web Crawlers ले विभिन्न वेबपेजहरु खोजी गरेर, पत्ता लगाएर त्यसको लिंकहरु फलो गरी एकत्रित गर्दछन् र त्यसमा भएका सबै डाटा गुगलको सर्भरमा ल्याइन्छ ।

दोश्रो चरण : Indexing

विभिन्न विषयका वेबपेजहरुको खोजी र त्यसमा भएका लिंक तथा डाटाहरु गुगलको सर्भरमा ल्याउने काम अर्थात् Crawling पछि दोश्रो चरण हो Indeding। Crawlersले जब वेबपज फेला पार्दछ तब उक्त पेजमा के सामाग्री छ भन्ने हेर्दछ । त्यसबेला विभिन्न कुरामा ध्यान दिइन्छ जस्तै कि वर्ड, वेबसाइटका सामाग्री अरु श्रोतको कपी पेस्ट अर्थात् भए नभएका आदि ।

यी सबैलाई गुगलको सिस्टमले ट्रया कगर्दछ । यदि त्यसक्रममा कुनै डुप्लिकेसन अर्थात् दोहोरिएको वा नक्कल गरिएको सामाग्री तथा पेज फेला रेमा त्यसलाई हटाइन्छ । जब अन्तिम जानकारी प्राप्त हुन्छ त्यसलाई Google Index मा भण्डारण गरेर राखिन्छ र त्यसको एक डाटाबेस तयार गरिन्छ ।

अन्तिम चरण : Serving Result

प्रयोगकर्ताको खोजी अथवा प्रश्नको जवाफ गुगल सर्चको पेजमा देखाउने अन्तिम तथा तेश्रो चरण हो Serving Result । जब हामीले गुगलमा केही खोज्छौं । तब हाम्रो प्रश्न वा जिज्ञासाको जवाफ गुगल पेजमा प्राप्त हुन्छ ।

उसो त गुगल सर्च विभिन्न कुरामा निर्भर गर्दछ तर Crawling र इन्डेक्सिङपछि जुनजुन पेजहरु पेज र्यांकमा अगाडि हुन्छ त्यो सबैभन्दा पहिले देखिन्छ । यसरी गुगलले तपाई हाम्रो हरेक प्रश्नको जवाफ क्षणभरमा दिन सक्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई