१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

१६ चैत्र २०७८, बुधबार ११:२०

चैत १६, किभ । युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्।

"हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ," उनले भनेका छन्। गभर्नरका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा "रातभर" बम आक्रमण गरेको थियो।

टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई "ठूलो मात्रामा" कटौती गर्ने बताएको थियो।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले "आपसी विश्वास बढाउनका लागि" सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए।

मस्को र किएभका प्रतिनिधिहरूले टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए।

उक्त वार्तालाई फेब्रुअरी २४ मा आरम्भ भएको युक्रेनविरुद्ध रुसी अतिक्रमणयता भएका शान्ति वार्तामा प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।युक्रेनले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने कुरा प्रस्ताव गरेका थिए।

रुस आक्रमणको एउटा प्रमुख उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको ठानिएको छ।

रुसी अधिकारीहरूले वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।युक्रेनले आफ्नो फौजको उपस्थिति घटाउने रुसी प्रतिबद्धतालाई संशयका साथ हेरेका थिए।

"युक्रेनीहरू कच्चा मानिसहरू होइनन्," राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भिडिओ सन्देशमा भनेका छन्।जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन्। तर रुसी गोलाबारी नरोकिएको उनले बताए।

अरू पश्चिमा देशहरूले पनि रुसी प्रतिविद्धतालाई संशयका साथ हेरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले उनीहरूको व्यवहार हेरेर मात्रै मूल्याङ्कन गर्ने बताएका छन्।

यूके, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले रुसविरुद्ध तैनाथ आफ्ना सुरक्षाकर्मीहरूलाई तत्कालै फिर्ता नबोलाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

गभर्नर चाउसले टेलिग्राम सन्देशमा रुसले रातभर हवाई हमला र आक्रमण जारी राखेको उल्लेख गरेका छन्।

बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।चेर्नीहिभका मेयरले रुसको वाचा सकारात्मक भए पनि विश्वास गरिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

उनले मङ्गलवारसम्म पनि "आवासीय क्षेत्रमा बम आक्रमण भएको र ३५ जनालाई उपचारका लागि अस्पताल लगिएको" दाबी गरेका छन्।रुसले राजधानीबाट आफ्नो फौज फिर्ता गर्ने प्रतिबद्धता गरेको केही घण्टापछि बुधवार सबेरसम्म पनि किएभमा हवाई गस्तीका साइरनहरू सुनिएको थियो।

अमेरिका र युक्रेनका अधिकारीहरूले रुसले किएभभन्दा अलि परको क्षेत्रमा आफ्नो फौजलाई तैनाथ गरिरहेको छ।उनीहरूले यसलाई युक्रेनको उत्तरी क्षेत्रमा रुसी सेनाको आक्रमण केन्द्रित गर्ने तयारीका रूपमा हेरेका छन्।बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता