२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

२०७८, १६ चैत्र बुधबार ११:२०

चैत १६, किभ । युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्।

"हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ," उनले भनेका छन्। गभर्नरका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा "रातभर" बम आक्रमण गरेको थियो।

टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई "ठूलो मात्रामा" कटौती गर्ने बताएको थियो।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले "आपसी विश्वास बढाउनका लागि" सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए।

मस्को र किएभका प्रतिनिधिहरूले टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए।

उक्त वार्तालाई फेब्रुअरी २४ मा आरम्भ भएको युक्रेनविरुद्ध रुसी अतिक्रमणयता भएका शान्ति वार्तामा प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।युक्रेनले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने कुरा प्रस्ताव गरेका थिए।

रुस आक्रमणको एउटा प्रमुख उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको ठानिएको छ।

रुसी अधिकारीहरूले वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।युक्रेनले आफ्नो फौजको उपस्थिति घटाउने रुसी प्रतिबद्धतालाई संशयका साथ हेरेका थिए।

"युक्रेनीहरू कच्चा मानिसहरू होइनन्," राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भिडिओ सन्देशमा भनेका छन्।जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन्। तर रुसी गोलाबारी नरोकिएको उनले बताए।

अरू पश्चिमा देशहरूले पनि रुसी प्रतिविद्धतालाई संशयका साथ हेरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले उनीहरूको व्यवहार हेरेर मात्रै मूल्याङ्कन गर्ने बताएका छन्।

यूके, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले रुसविरुद्ध तैनाथ आफ्ना सुरक्षाकर्मीहरूलाई तत्कालै फिर्ता नबोलाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

गभर्नर चाउसले टेलिग्राम सन्देशमा रुसले रातभर हवाई हमला र आक्रमण जारी राखेको उल्लेख गरेका छन्।

बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।चेर्नीहिभका मेयरले रुसको वाचा सकारात्मक भए पनि विश्वास गरिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

उनले मङ्गलवारसम्म पनि "आवासीय क्षेत्रमा बम आक्रमण भएको र ३५ जनालाई उपचारका लागि अस्पताल लगिएको" दाबी गरेका छन्।रुसले राजधानीबाट आफ्नो फौज फिर्ता गर्ने प्रतिबद्धता गरेको केही घण्टापछि बुधवार सबेरसम्म पनि किएभमा हवाई गस्तीका साइरनहरू सुनिएको थियो।

अमेरिका र युक्रेनका अधिकारीहरूले रुसले किएभभन्दा अलि परको क्षेत्रमा आफ्नो फौजलाई तैनाथ गरिरहेको छ।उनीहरूले यसलाई युक्रेनको उत्तरी क्षेत्रमा रुसी सेनाको आक्रमण केन्द्रित गर्ने तयारीका रूपमा हेरेका छन्।बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि