२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सपनामा ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

२०७८, १७ चैत्र बिहीबार १०:१९

चैत १७, इस्लामावाद । पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्।

अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी बयानमा आफ्नी एक आफन्तले पीडित शिक्षिकाले ईश्वरको निन्दा गरेको सपना देखेको बताएकी छन्।

रिक्साबाट मदरसामा पुगेकी शिक्षिकालाई ती महिलाले आक्रमण गरेका थिए। घाँटीमा चक्कु हानेपछि उनको रगत बगेर मृत्यु भएको थियो।

पाकिस्तानमा ईश्वरको निन्दा आरोपमा मानिसको हत्या भएको यो पहिलो घटना होइन। तर सपनामा ईश्वरको निन्दा गरेको भन्दै शिक्षिका मारिएपछि प्रहरीले उनीहरूबीच केही व्यक्तिगत दुस्मनी थियो कि भनेर अनुसन्धान गरिरहेको छ।

अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई ईश्वरको निन्दा आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट