४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

२१ चैत्र २०७८, सोमबार ०५:१३

चैत २१, किभ । एजेन्सी । युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ  स्थानीयमध्ये उनी एक हुन ।

रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए । 

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । 

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

सर्वसाधारणको गैरन्यायिक हत्यामा कसको संलग्नता थियो भन्नेबारेमा स्वतन्त्र ढंगले पुष्टि हुन सकेको छैन् । दुबै देशले एक अर्कामाथि आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता