१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

२१ चैत्र २०७८, सोमबार ०६:५७

चैत्र २१, न्युयोर्क | क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।

आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । 

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । "यो वास्तवमै दुःखद अवस्था हो," प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।

केही कुख्यात गोलीकाण्ड

बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ । प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृतिजस्तै बनेको छ । सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन् । हत्याहिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन् । 

सन् २००७ मा भर्जिनियाको एक विद्यालयमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो । सो आक्रमणमा २३ जना घाइते भएका थिए । 

त्यसैगरी, सन् २०१२ मा पनि अमेरिकाको स्यान्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा गरेको हमलामा २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका थिए । 

त्यसैगरी, सन् २०१७ को अक्टोबरमा लास भेगासमा भएको बन्दुक हमलामा ६० जनाको ज्यान गएको थियो । सो गोलीकाण्डमा करिब ५ सयजना घाइते भएका थिए । सो आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा क्रूर र दर्दनाक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना