२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

यस्तो छ भक्तपुरको विस्का जात्राको शान्ति सुरक्षाको तयारी

२०७८, २२ चैत्र मंगलवार १६:०७

चैत्र २२, भक्तपुर | भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको अवगत गराएकी छन् ।

भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको उनले बताएकी छिन् ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरूसँगको मंगलबारको बैठकमा उपप्रमुख जोशीले निर्धारित समयमा जात्रा सुरक्षित ढंगले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको जानकारी गराइन् । भक्तपुरको विस्केट जात्रा चैत २७ गतेदेखि बैशाख ५ गतेसम्म धुमधामका साथ चल्छ । 

बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले रथ तान्ने र लिंगो उभ्याउने समयमा हुने विवादलाई सल्टाउनु जरुरी रहेको बताए । उनले जात्रालाई सभ्य र भव्य बनाउन जनप्रतिनिधि र स्थानीय जनताको विशेष भूमिका रहने बताए ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवा, तलेजु भवानीका पुजारी, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघलगायतको बैठकमा उपस्थिति थियो । 

बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओली र जात्रासँग सम्बन्धित सरोकारवालाहरू सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल टेलिकम, ख्वप अस्पताल भक्तपुर, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघ, तलेजुका पुजारी, इन्द्रायणी गुठीका गुठियार, भैरवनाथ जात्रा सहयोग समिति, प्रजापति समाज, एकीकृत हाकुज्या प्रजापति समाज, ब्रम्हायणी जात्रा सहयोग समिति, गछेँ गणेश जात्रा सहयोग समिति, लालाछेँ गणेश जात्रा सहयोग समिति, भद्रकाली गुठीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सञ्चालन विषयमा जात्रासँग सम्बन्धित सरोकारवाला विभिन्न पक्षसँग राय सुझाव लिई गरेका निर्णयहरू

१. बिस्का जात्रा २०७८÷०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासी र जात्रालु दाजु भाई तथा दिदी बहिनीहरुमा जात्रा संयमित र सभ्य तरिकाले मनाउनको लागि अनुरोध गर्ने,

२.    बिस्का जात्रा २०७८÷०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जनचेतनामूलक प्रचार प्रसारको लागि माइकिङ र आवश्यक सूचना प्रवाह गर्न भक्तपुर नगरपालिकालाई जिम्मा दिने,

३. बिस्का जात्रा २०७८÷०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जात्रास“ग सम्बन्धित मिति २०७८ चैत्र २७ गतेदेखि मिति २०७९ बैशाख ५ गतेसम्मको सम्पूर्ण जात्राहरुको कार्यसूची अनुरुप समयमै कार्यान्वयन गर्न र गराउन गुठी संस्थान कार्यालय, भक्तपुरलाई जिम्मा दिने,

४. बिस्का जात्रा २०७८÷०७९ शान्तपूर्ण रुपमा सम्पन्न गर्न जात्रास“ग सम्बन्धित रथ तान्ने जात्रा, लिंगो उभ्याउने र ढाल्ने जात्रा, रथ जुधाउने जात्रा, टोल टोलको विभिन्न देवी देवताहरुका खत जात्रा, द्यो स्वगं वियगु जात्रालगायका सम्पूर्ण जात्राहरु र जात्रा हुने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिई आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत जिल्लाका सबै सुरक्षा निकायहरुलाई परिचालित गर्न अनुरोध गर्ने,

५. बिस्का जात्रासंग सम्बन्धित भैरवनाथको रथ जात्रामा परम्परा अनुसार रथमा जोशी, कर्माचार्य, तलेजुको मूल पूजारी, गुठी नाइके, भैरव नाइके, सिकर्मी नाइके, चौगुठीलगायत तोकिएको आवश्यक व्यक्तिहरु बाहेक अन्य व्यक्तिहरु अनधिकृत रुपमा नचढ्न वा नबस्न अनुरोध गर्ने,

६. बिस्का जात्रासंग सम्बन्धित रथ तान्ने जात्रा हुने क्षेत्र र बिस्का जात्रासंग सम्बन्धित अन्य जात्राहरु संचालन हुने क्षेत्रहरुमा रहेका निर्माण सामग्री र भग्नावशेषहरु व्यवस्था गर्न भक्तपुर नगरपालिका मार्फत सम्बन्धित सबैलाई अनुरोध गर्ने,        

७.    बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाण्डौ उपत्यका खानेपानी लि., भक्तपुरलाई जिम्मा दिने,

८. बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रभित्र विद्युत प्रसारण सुचारु राख्न नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण शाखालाई जिम्मा दिने,

९. बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रभित्र टेलिफोन र इन्टरनेट सुचारु राख्न नेपाल टेलिकम भक्तपुरलाई जिम्मा दिने,

१०.    बिस्का जात्राको रथ तान्ने क्षेत्र लगायत जात्रा संचालन हुने क्षेत्रहरुमा तार, केबुल र इन्टरनेटको फाइबर तार व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायक संघ संस्थाहरुलाई जिम्मा दिने,

११. बिस्का जात्रा अवधिभर जात्रा संचालन हुने भक्तपुर नगरका विभिन्न क्षेत्रहरुमा आकस्मिक स्वास्थ्य सुविधाको लागि स्वास्थ्य शिविर व्यवस्था गर्न र ठाउ“ ठाउ“मा एम्बुलेन्स व्यवस्था गर्न, ख्वप अस्पताल, च्याम्हासिंह, भक्तपुर अस्पताल, सिद्धि स्मृति अस्पताल, डा. इबामुरा अस्पताललगायत भक्तपुरका अन्य अस्पतालहरु र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने,

१२. बिस्का जात्रा शान्तिपूर्ण र व्यवस्थित रुपमा संचालन गर्न भक्तपुर नगरपालिकाका प्रमुखको संयोजकत्वमा बिस्का जात्रा अनुमगन समिति गठन गर्ने र

१३. २०७८ चैत्र २७ गते विहान ७ः० ० बजे बिस्का जात्रासंग सम्बन्धित टिम, क्लव, संघ संस्था, जात्रा व्यवस्थापन समितिलगायत सरोकारवालाहरुलाई सहभागी गराई सद्भावना ¥याली गर्ने निर्णय ग¥यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल