2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नापी कार्यालयका अमिन र सर्वेक्षक घुष सहित पक्राउ

चैत २२, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ नापी कार्यालय चाबहिल १ नम्बर टोली बुढानीलकण्ठ कार्यालयका अमिन तथा सर्वेक्षकलाई घुस रकम सहित पक्राउ गरेको छ । 

हालसाविकको पुर्जा दिलाईदिने प्रयोजनमा नापी कार्यालयबाट खटिएका अमिन प्रकाश राज भट्ट र सोहि कार्यालयका सर्वेक्षक बिनोद केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगले पटक-पटक पक्राउ गर्ने प्रयास गर्दा पनि सफल हुन सकेको थिएन । तर सेवाग्राहीसँग बुढानीलकण्ठमा कार्यालय रहेको उनिहरुले ललितपुर स्थित पाटन हस्पिटलमा घुस लिने कार्य गरेको पाइएको छ । सो क्रममा घुस लिंदालिंदै आयोग टोलीले केसी र भट्टलाई घुस रकम सहित पक्राउ गर्न सफल भएको हो । 

घुस लिन सक्रिय केसी र भट्टले बुढानीलकण्ठ स्थित हाल साविक कार्यालयमा कार्यरत रहंदा सेवा ग्राहीसँग हालसाविक पुर्जा दिलाउने नाममा घुष लिँदै आएको गुनाशो आएको थियो । पीडितकै उजुरीको आधारमा भ्रष्टचार बिरुद्ध नागरिक अभियानको टोलीको सहयोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेका केसी र भट्टले सेवाग्राहीलाई घुस लिएर पुर्जा दिने योजना सहित गएको आयोगको अनुसन्धानको क्रममा पुष्टि भएको छ । उनीहरुको साथबाट सेवाग्राहीको लालपुर्जा समेत बरामद भएको छ । साथै घुस बापतको नगद एक लाख, उनीहरुको झोलामा भएको स्रोत नखुलेको थप एक लाख र बिभिन्न बैंकका साढे ५ लाखको चेक बरामद भएको छ । 

आरोपिहरुलई पक्राउ गर्ने क्रममा मंगलबार अबेर ललितपुर खटिएको अख्तियारको टोलीले राति १० बजेसम्म खटिएर उनिहरु बिरुद्ध कारवाही प्रकृया अगाडी बढाएको छ । 

तश्वीर: अनिल अधिकारी/सास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल